रुकुम पश्चिम: झडप नगर्न कांग्रेस र माओवादी केन्द्रको निर्देशन

वैशाख २६, २०७९ | रुकुम पश्चिम

रुकुम पश्चिममा आफ्ना कार्यकर्ताबीच चुनाव प्रचार प्रसारको क्रममा दिनहुँ भइरहेका झडप भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले त्यस्ता घटना रोक्न निर्देशन दिएका छन् ।

 दुवै दलले सयुंक्त अपिल जारी गर्दै दिनहुँ भइरहेका झडपका कारण शान्तिपूर्ण रुपमा हुने निर्वाचन प्रभावित हुने बताएका छन् । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जारी गरेको अपिलमा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउने अभियान लाग्न आग्रह समेत गरेका छन् ।

 हाम्रा सहकर्मीका अनुसार, त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा दुवै पक्षबीच झडप भएको छ भने अन्य ठाउँमा पनि सानातिना झडप र विवादका घटना भइरहेका छन् । 


प्रतिक्रिया