गुल्मीदरबार गाउँपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

जेष्ठ १, २०७९

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काग्रेस विजयी भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापा ६ हजार १ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा तारा थापा ढेंगा ६ हजार २ सय ७७ मतसहित विजयी हुदा उहाको प्रतिद्धन्दी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गर्नुभयो । अध्यक्ष र उपाध्यक्ष सँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली काँग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ । 


प्रतिक्रिया