दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको जित

जेष्ठ ४, २०७९

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादीका विशन राईको विजयी भएको छ । प्रमुखमा भट्टराई ११ हजार तीन सय ८९ मतसहित विजयी हुनुभएको हो । उपप्रमुखमा विजयी राईले १० हजार चार सय ३८मत ल्याउनुभयो ।

भट्टराईका प्रतिद्वन्दी एमालेका कुमार आचार्यले छ हजार नौ सय ९६ मत ल्याउनुभएको छ। उपमेयरमा एमालेकी विणोदवी राईले सात हजार तीन सय १९ मत प्राप्त गर्नुभयो । विणादेवी अघिल्लो स्थानीयको निर्वाचनमा उपमेयरमा विजयी हुनुभएको थियो । 


प्रतिक्रिया