निवर्तमान प्रमुखलाई हराउदै पनौती नगरपालिकामा भण्डारी विजयी

जेष्ठ ६, २०७९

काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा कांग्रेसका रामशरण भण्डारी विजयी हुनुभएको छ । निवर्तमान प्रमुख रहेका एमालेका भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पछि पार्दै भण्डारी नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७ सय ८३ मत प्राप्त गर्नुभएको थियो ।

एमालेबाट उम्मेदवार रहनुभएकी निवर्तमान उपप्रमुख गिता बञ्जारा नै निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट उपप्रमुखमा एकिकृत समाजवादीका उम्मेदवार छविलाल हुमागाई १ हजार ९ सय ४९ मत अन्तरले पराजित हुनुभयो । बञ्जाराले १२ हजार ३ सय ३७ र हुमागाईले १० हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

वडाअध्यक्षमा भने एमालेले बहुमत प्राप्त गरेको छ । वडा नं २, ३, ४, ६, ७, ८, ११ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने कांग्रेसले वडा नं १, ५, ९ र १० मा जितेको छ । वडा नं १२ मा कांग्रेसका जयराम केसी विजय हुनुभएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजय भएको थियो । कांग्रेसका विदुर बञ्जारालाई ३ हजार ६७ मत अन्तरले हराउ“दै न्यौपाने निर्वाचित हुनुभएएको थियो । न्यौपानेले १२ हजार २ सय ५८ र बञ्जाराले ९ हजार १ सय ९० मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा एमालेकी बञ्जाराले १२ हजार ९९ र कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गर्नुभएको थियो । 


प्रतिक्रिया