स्वतन्त्र उम्मेदवारी दिएका साह बने जनकपुरमहानगरको मेयर

जेष्ठ ९, २०७९

नेपाली कांग्रेसका वागी उम्मेदवार जित्ने परम्परालाई निरन्तरता दिदै मनोज कुमार साह जनकपुरधाम उपमहानगर पालिकाको प्रमुख निर्वाचित हुनुभएको छ । एमालेका शिवशंकर साह हिरा भन्दा ३ हजार ९ सय ३३ मत अधिक ल्याएर उहां प्रमुख निर्वाचित भएको हो । स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज साहले १३ हजार ४ सय ६५ मत प्राप्त गर्नुभएकोछ । एमालेका शिवशंकर साह ९ हजार ५ सय ३२ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज कुमार चौधरी ५ हजार ३ सय ६० तथा निवर्तमान नगर प्रमुख एवं गठबन्धन दलबाट जनता समाजवादी पार्टीका उम्मेदवार चौथो नम्बरमा रह्दै ५ हजार १ सय ९४ मत प्राप्त गर्नुभयो ।

यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसका किशोरी साह झण्डै ५ हजारको मतअन्तरले उपप्रमुख निर्वाचित भएका छन् । साहले १५ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ । निकटम् प्रतिद्वन्दी एमालेकी रुना देवी झाले १० हजार ८ सय ८५ मत प्राप्त गर्नुभयो ।

मतगणना सुरु भएदेखि नै अग्रता बनाई रहेका मनोज साहलाई एमालेका शिवशंकर साहले केही हदसम्म टक्कर दिएपनि सत्तागठबन्धन दलका उम्मेदवार लालकिशोर साह चौथो र पांचौ नम्बरभन्दा माथि उक्लिन सक्नु भएन । जनकपुरधाम उपमहानग पालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । 


प्रतिक्रिया