वीपी प्रतिष्ठानमा ओपिडी विल काउण्टरबाट पुर्जी लिने समय परिवर्तन

जेष्ठ २६, २०७९

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडीको काउण्टरमा विरामीले पुर्जी लिने समय परिवर्तन गरिएको छ । विरामीको अत्यधिक चाप भएकाले ओपिडी सेवाका लागि दिइने पुर्जी काट्ने समय आधा घण्टा बढाएर विहान साढे ७ बजे कायम गरिएको प्रवक्ता प्राध्यापक डाक्टर कृष्णा पोखरेलले बताउनुभयो । 

यसअघि प्रतिष्ठानमा ओपिड काउण्टर विहान ८ बजे देखि खुल्ने गरेको थियो । प्रतिष्ठानमा दैनिक बढ्दो विरामीको चाप र टाढादेखि आउने विरामीहरुको सुविधालाई ध्यानमा राखी अब साढे ७ बजेदेखी मध्यान्ह १२ बजेसम्म खुल्नेछ । दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म खुल्नेछ । ओपिड काउण्टरमा पुर्जी काट्ने समय आधा घण्टा बढाइएपनि ओपिडी कक्षमा चिकित्सक आउने समय भने पुरानै राखिएको छ । 


प्रतिक्रिया