तुलसीपुरमा सुस्त मनस्थितीकी युवतीमाथि सामुहिक बलात्कार

असार ४, २०७९ | दाङ

दाङको तुलसीपुरमा सुस्त मनस्थितीकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी २५ बर्षीया युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित निर्माणाधिन घरभित्र सामूहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताउनुभयो ।

 घटनामा संलग्न भएको आरोपमा तुलसीपुरका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुईजना भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित युवतीले घटनाका विषयमा परिवारमा जानकारी गराएपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया