संघीय प्रणाली कार्यन्वयनमा कर्मचारीतन्त्र असहयोगी : अध्यक्ष दाहाल

रेडियो कान्तिपुर संवाददाता

असार ५, २०७९ | काठमाडौं

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीय प्रणाली कार्यन्वयनमा कर्मचारीतन्त्रले असहयोग गरिरहेको आरोप लगाउनुभएको छ । 

संघीय निजामति ऐन अघि बढ्न नदिन उच्च तहका कर्मचारीले भूमिका खेलिरहेको दाहालको भनाइ छ । माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले संघीयतालाई असफल बनाउन खोजिएको बताउनुभयो ।

संघीयता उल्टाउन खोज्ने शक्तिविरुद्ध एकजुट हुन उहाँले कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो । अर्को प्रसंगमा दाहालले पूर्व माओवादी पार्टीबीच एकता हुने बेला आएको बताउनुभयो ।


प्रतिक्रिया