कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

कार्तिक २२, २०७९ | कालीकोट

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा ५ खल्लागाड नजिकै यात्रुबाहक जीप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुबाहक जीप आज दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मुगु गमगढीका २१ वर्षिय अक्कल विश्वकर्मा, २१ वर्षिय रमेश बुढा र २५ वर्षिय सुर्दशन सेजुवालको मृत्यु भएको प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो । 

अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने, अन्य दुई जनालाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा हुम्लाका २२ वर्षिय केशरी शाही, र २४ वर्षिय उज्जवल सिंह, मुगुका १७ वर्षिय धिरज बुढा, १६ वर्षिय गोपीचन्द्र बुढा, ३१ वर्षिय सन्तोष शाही, चालक ३५ वर्षिय प्रेमसिंह बडुवाल छन् । एक जनाको नाम खुल्न सकेको छैन । तिब्र गतिका कारण गाडी अनियन्त्रित भइ दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ । 


प्रतिक्रिया