रौतहटका विभिन्न स्थानबाट मतपेटिका मतगणनास्थल ल्याईंदै

मंसिर ४, २०७९ | गौर

रौतहटका चार वटै निर्वाचन क्षेत्रबाट मतपेटिकाहरु धमाधम मतगणनास्थलमा ल्याउन थालिएको छ । कडा सुरक्षाबीच मतपेटिकाहरु सिल गरेर ल्याउने क्रम जारी छ । जिल्लाका दुई वटा मतदान केन्द्रमा बिहान गोली चले पनि अधिकांशमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

 क्षेत्र नम्बर ३ को कञ्चनपुर र पोठीयाही मतदान केन्द्रमा सामान्य विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । उम्मेदवारहरु मतदातालाई भोट हाल्न घरघरै पुगेर अनुरोध गरे पनि अपेक्षाकृत रुपमा मत खस्न सकेन् । जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जिल्लाको चारवटै निर्वाचन क्षेत्रको ५२३ वटै मतदान केन्द्रहरुको मतपेटिका ल्याउने क्रम जारी रहेको बताउनुभयो । ती मतदान केन्द्रहरुमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको थियो । मतपेटिका आईसकेपछि सर्वदलीय बैठक राखेर आजै मतगणना सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।


 गत स्थानीय तहको चुनावका बेला मतपेटिका लुटेर लगेको यमुनामाई गाउँपालिकाको भेडियाही बुथमा कडा सुरक्षा ब्यवस्थाका कारण यस पटक कुनै घट्ना भएन् । जिल्ला निर्वाचनको कार्यालयका अनुसार स्थानीय तह भन्दा अहिलको निर्वाचनमा कम ६५  प्रतिशत मात्र मत खसेको छ ।

जिल्लाको कुल चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ ६७ र प्रदेशसभा तर्फ १ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस पटकको चुनावमा मतदान केन्द्रहरुमा कुनै रौनकता देखिएन् । उम्मेदवारहरुले मतदातालाई घरघरै पुगेर फकाएर मतदानस्थल सम्म ल्याएका थिए । 


प्रतिक्रिया