मुस्ताङ प्रदेश सभा–२ मा कांग्रेसका शेरचन निर्वाचित

मंसिर ५, २०७९ | पोखरा

मुस्ताङको प्रदेश सभा–२ को सदस्यमा नेपाली कांग्रेसका विकल शेरचन निर्वाचित हुनु भएको छ । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै विकल विजयी हुनु भएको छ । शेरचनले २ हजार ७२३ मत पाएर विजयी बन्दा एमालेका गौचनले २५६५ मत प्राप्त गर्नुभयो । 

गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद हुनुहुन्थ्यो । योसँगै मुस्ताङमा प्रत्यक्षतर्फका सबै प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । तीनवटै सिट जितेर कांग्रेसले क्लिन स्विप गरेको छ । 


प्रतिक्रिया