सुनसरी - १ मा जसपाका अशोककुमार राई निर्वाचित

मंसिर १२, २०७९ | सुनसरी

सुनसरी क्षेत्र नं १ मा जसपाका उम्मेद्ववार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्ववार गोमा तामाङलाई ४ सय ५३ मतान्तरले हराउदै राई विजयी हुनुभएको हो । 

एमाले जसपा गठबन्धनका उमेद्धवार राईले १७ हजार ५९ मत प्राप्त गर्नुभयो भने तामाङले १६ हजार ६ सय ६ मत पाउनुभयो । यसैगरि, कांग्रेस माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्ववार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया