लागूऔषधसहित सिरहाबाट ३ जना पक्राउ

मंसिर २६, २०७९ | सिरहा

लागूऔषध गाँजा सहित सिरहाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका–१२ स्थित कुस्माहाबाट ९२ किलोग्राम गाँजासहित भगवानपुर गाउँपालिका–४ का शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बोदेवर्साइन ९ का रामकुमार साहलाई पक्राउ गरिएको हो । चार वटा बोरामा लुकाएर लैजाँदै गर्दा कुस्माहास्थित खुट्टी खोलाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ 


प्रतिक्रिया