जाजरकोटमा जिप दुर्घटना हुंदा १० जनाको मृत्यु
मंसिर २६, २०७९
जाजरकोटको छेडागाड नगरपालिका स्थित लेवा गाउं भिरबाटीमा जन्ती बोकेको जिप दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
दैलेखबाट जन्ती बोकेर गएको बस भिरबाटी भिरबाट खस्दा सो संख्यामा मृत्यु भएको छेडागाडा नगरपालिकाका वरिष्ठ अहेव दिपकराज गिरीले बताउनुभयो । जीपमा १२ यात्रु सवार थिए । दुर्घटना सा“झ करिव ५ बजे भएको अहेव गिरीले बताउनुभयो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







