जीप दुर्घटना हुंदा ११ जनाको मृत्यु (अपडेट)

मंसिर २६, २०७९

जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ नम्बर वडास्थित भीरबाटी भीरबाट जन्ती बोेकेको जीप दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटना हुंदा जिपका चालक दैलेख भगवती माई गाउंपालिका–२ का मानबहादुर राउत, सोही गाउ“पालिका ३ का वीरेन्द्र केसी, सोही गाउंपालिकाका अम्बरबहादुर खड्काको मृत्यु भएको छ । 

त्यस्तै छेडागाड नगरपालिका ६ का वीरबहादुर खत्री, सोही नगरपालिका ५ का जैकुवरा बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, दीपक अधिकारी, देवीसरा बुढा, अम्बर अधिकारी र निशा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०२–००१–च–०४२९ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाईते एक जनाको सुर्खेतमा उपचार भइरहेको हाम्रा सहकर्मी हरिहरसिंह राठौंरले जनाएका छन् । 


प्रतिक्रिया