प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन आह्वान

पुस १२, २०७९ | मोरङ

प्रदेश १ का प्रमुख परशुराम खापुङले नवगठित प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख खापुङले यही पुस १७ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्नु भएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले संविधानको धारा १६६ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन पुस १७ गते दिउँसो १ बजे आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नु भएको हो । 


प्रतिक्रिया