पार्टी नेतृत्वको कमजोरीले गठबन्धन टुट्योः शेखर कोइराला

पुस १३, २०७९ | मोरङ

कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले माओवादी केन्द्रको पदीय आशक्तता र पार्टी नेतृत्वको कमजोरीले गठबन्धन टुटेको बताउनुभएको छ । 

विराटनगरमा पत्रकारसँगको कुराकानीमा बुधबार कोइरालाले अब यो विषयमा पुस २२ गते हुने पार्टी बैठकमा निर्मम समिक्षा गर्ने बताउनुभएको हो ।

‘गठबन्धन नगरी सरकारै नबन्ने संविधान रहेको तर हमीले निर्वाचनपछि गठबन्धन गर्नुपर्ने पक्षमा थियौं तर निर्वाचन अगाडि नै गरिसकेपछि त्यसलाई अगाडि बढाउने जिम्मेवारी कांग्रेसको थियो,–उहाँले भन्नुभयो । 

 माओवादी अध्यक्ष दाहालले गठबन्धनको मर्मलाई नस्विकार्नु र पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाल थाहा नपाउनुले कांग्रेस प्रतिपक्षमा पुगेको कोइरालाको भनाइ छ ।

सत्तासमीकरणको वार्ताका लागि पार्टी नेतृत्वले न्यूनतम महामन्त्रीहरुलाई सहभागी गर्नुपर्नेमा त्यासो नभएको कोइरालाले बताउनुभयो ।   


प्रतिक्रिया