सन् २०२३ सम्ममा दादुरा उन्मूलनको लक्ष्य पुरा हुनेमा सरकार स्वंय संशंकित

पुस २२, २०७९

सन् २०२३ सम्ममा दादुरा उन्मूलनको लक्ष्य पुरा हुनेमा सरकार स्वंय संशंकित बनेको छ । विशेषगरी, नेपालगञ्ज तथा कपिलवस्तुका केही समुदायले आफ्ना बालबालिकालाई दादुरा संक्रमण विरुद्धको खोपमा चासो नदेखाउँदा नेपालमा दादुरा उन्मुलन चुनौतीपूर्ण बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपीडीमीयोलोजी तथा महामारी व्यवस्थापन शाखाका उप स्वास्थ्य प्रशासक डा. अभियान गौतमले बताउनुभयो । नेपालले सन् २०२३ मा दादुरा संक्रमण उन्मुलन गर्ने लक्ष्य राखेको थियो ।

यसैबीच, दादुरा संक्रमणका कारण नेपालगन्जमा एक जना बालकको मृत्यु भएसँगै सो क्षेत्रमा स्वास्थ्य सावधानी अपनाइएको छ । नेपालगन्ज उप–महानगरपालिका भित्र आजबाट ९ महिना देखि १५ वर्ष उमेर सम्मका बालबालिकालाई खोप अभियान सञ्चालन गर्ने भएको छ ।

 उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले संक्रमित मध्ये अधिकांशले खोप नलगाएको पाइएकाले सो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । नेपालगन्ज उपमहानगर ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ वडामा दादुराका संक्रमित फेला परेका छन् । विरामीको खोजी गर्दै दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले बताउनुभयो । 


प्रतिक्रिया