लुम्बिनीको राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी विजयी

माघ २५, २०७९ | दाङ

राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट एमालेका कुमार दसौंदी विजयी हुनुभएको छ ।

उहाँ ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिनुभयो ।निर्वाचनमा काँग्रेसका माधवप्रसाद आचार्यले ३ हजार ७ सय २० मतभार र नागरिक उन्मुक्तीक राजेन्द्रबीर रायले १ सय ९३ मतभार प्राप्त गर्नुभयो ।

सत्तागठबन्धनका तर्फबाट दशौंदीको उम्मेद्वारी दर्ता भए पनि उन्मुक्तीले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेद्वारी दिएको थियो ।एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजिनामा दिएपछि रिक्त रहेको सो पदमा उपनिर्वाचन भएको हो ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको थियो ।


प्रतिक्रिया