लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा

माघ २८, २०७९ | दाङ

लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ ।

माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त भएकी केसीले आज मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएको बताउनुभयो ।

केसी मन्त्रीमा नियुक्त भएपनि लामो समयसम्म जिम्मेवारी तोकिएको थिएन । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँड भइरहेका बेला असन्तुष्टी जनाउँदै केसीले राजीनामा दिनुभएको हो ।

माओवादीले पाएका मन्त्रालय मध्ये केसीले भौतिक योजना मन्त्रालय दाबी गरेकोमा आन्तरिक मामिमा तथा सञ्चार दिने भएपछि असन्तुष्टि जनाएर राजीनामा दिएको माओवादी स्रोतको भनाइ छ ।

केसी बाँकेको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्र्रदेश सभामा निर्वाचित हुनुभएको थियो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले भने राजिनामाबारे आधिकारिक जानकारी नआएको बताउनुभयो ।


प्रतिक्रिया