तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति

वैशाख ५, २०८० | सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको भोटेकाशी गाउँपालिका २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच आज भएको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति गरेको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ बाट नाका खुल्ने मौखिक निर्णय भएको बताउनुभयो । 


प्रतिक्रिया