तपाईहरुले गोविन्द भट्टराईलाई जिताउनुस्, म मन्त्री बनाइदिन्छु : प्रधानमन्त्री दाहाल

वैशाख ६, २०८० | तनहुँ

प्रधानमन्त्री पुष्पकमल दाहालले गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताउनु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै मतदातालाई कांग्रेसका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले बिजयी गराए आफुले मन्त्री बनाउने बताउनु भएको हो । यस्तै, गत मंसिर ४ गतेको निर्वाचनमा तनहुँका मतदातामाझ रामचन्द्र पौडेलका पक्षमा मत माग्दै रामचन्द्र पौडेल प्रधानमन्त्री हुनुहुन्छ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पौडेल देशकै सर्वोच्च पद राष्ट्रपतिको पदमा निर्वाचित हुनुभएको उल्लेख गर्नुभयो । भट्टराई परिवर्तनका निम्ती संघर्ष त्याग तपस्याका रुपमा परिचित रहेकाले योग्य उम्मेदवार रहेको उहाँले बताउनुभयो

यस्तै, प्रधानमन्त्री दाहालले मुग्लिङ–पोखरा सडक बिस्तारको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन, २०७५ साल अघि खनिएका सबै सडक कालोपत्रे गर्ने, बन्दीपुरमा लिफ्टिङको माध्यमबाट खानेपानी उपलब्ध गराउने, बुद्धसिंह मार्गको घुमाउने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने, भानु जन्मस्थललाई संसारभरका नेपाली भाषीलाई अध्ययन र अनुसन्धान केन्द्रका रुपमा स्थापना गर्ने, भानु प्राणी उद्यानको काम अगाडि बढाउने बताउनुभयो । 


प्रतिक्रिया