लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी पेश
वैशाख १४, २०८० | रुपन्देही
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्नु भएको हो ।
चौधरीलाई कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा, जनमतका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समादवादी र स्वतन्त्र १/१ जना गरी ५३ जनाको समर्थन रहेको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताउनुभयो ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । एमाले नेता लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश सरकार ढलेको थियो ।