संखुवासभामा हेलिकप्टर दुर्घटना एकको मृत्यु, चार घाईते (अपडेट)

वैशाख २२, २०८० | संखुवासभा

संखुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् । आज अपरान्ह १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटियाको सिप्रुुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परि स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताउनुभयो । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीको रुपमा काम गर्दै आएका थिए । 

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाईलट छिरिङ भोटे, सहयोगी मनोज थापा, बिद्युत प्राधिकरणका कर्मचारी बिक्रम शंकर गम्भिर घाईते छन् । उनीहरुको शरीरका बिभिन्न भागमा चोट लागेको छ । घाईतेमध्ये बिक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाईलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाण्डौ ल्याइएको छ । 

हटिया गोलाको छोङग्राङबाट अप्पर अरुण जलबिद्युत आयोजना १०६१ मेगावाटको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरे डाँडामा रुखमा ठोक्किएको थियो । स्थानीयका अनुसार हेलिकप्टर अवतरणका क्रममा भिरमा ठोक्किएको थियो । हेलिकप्टरले माटोढुंगा तथा क्रक्रिट प्रयोगशालाको सामान ढुवानी गरिरहेको माथिल्लो अरुण आयोजनाका बरिष्ठ सहायक गृष्म भण्डारीले बताउनुभयो । खाँदबारी किमाथांका सडकको बिस्फोटक पदार्थ बोकिरहेको सेनाको हेलिकप्टर दुर्घटना स्थलमा पुगेको थियो । सेनाले उनीहरुलाई खाँदबारीसम्म उद्धार गरेको थियो । 


प्रतिक्रिया