बुटवलमा केवलकार संचालन

जेष्ठ १६, २०८० | पाल्पा

पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म लुम्बिनी केबलकार संचालनमा आएको छ । बुटवल उपमहानगरपालिका ३ मा देखि पाल्पाको तिनाउ गाउंपालिका ३ वसन्तपुरसम्म २ दशमलव ६ किलोमिटर दुरीको केबलकार सञ्चालनमा आएको हो ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारबाट दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताउनुभयो । तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यावसायिक घराना आईएमई ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको हो ।

एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको केबलकार कोराना महामारीका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।


प्रतिक्रिया