लागातारको वर्षापछि बाढीले कागबेनीमा १० घर बगायो

श्रावण २९, २०८० | म्याग्दी
मुस्ताङको कागबेनीमा बाढीले १० वटा घर बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका घर, होटल, प्रहरी चौकी, सहित जोमसोम–कोरोरा सडकको पक्कीपुल, एउटा झोलुङ्गे पुल, पनि बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । बाढीले २ वटा गाडी र तीन वटा विधुत पोल पनि बगाएको केसीले बताउनुभयो ।
यसैगरी बाढीले कागबेनीस्थित हिन्दु धर्मावलम्बीहरुको श्राद्ध स्थल तथा धर्मशाला पुरेको छ । मनसुनमा समेत पानी नपर्ने मुस्ताङमा दुई दिनदेखी लगातार वर्षा भएपछि मुक्तिनाथ देखी केही तल झोङमा गएको पहिरो काग खोलामा मिसिएपछि बाढी आएको हो ।
बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिग्रिएकाले क्षतीको विवरण संकलनका लागि जोमसोमबाट कागबेनीतर्फ पैदल यात्रा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

