चीन भ्रमण विकास निर्माणमा केन्द्रित हुन्छ : प्रधानमन्त्री दाहाल

भाद्र १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चीन भ्रमण विकास निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । पोखरामा आज समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुख्य गरी मुस्ताङको कोरला नाका, गोरखाको रुइला नाका खोलिने, कर्णाली परियोजना र रसुवाबाट विद्युत निर्यात गर्न ट्रान्समिटर लाईन बनाउने जस्ता एजेण्डा भ्रमणमा रहने बताउनुभयो । त्यस्तै, लुम्बिनी र पोखरा एयरपोर्टमा नियमित जहाज उडान गर्नेगरी छलफल अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले चीनसागको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउन केही महत्वपूर्ण विषयमा सहमति हुन सक्ने बताउनुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रण र अनियमिता अत्यका लागि तीब्र गतिमा काम गरिरहेको भन्दै त्यसलाई साथ दिन अनुरोध गर्नुभयो । उहााले पछिल्लो समय देखिएका सुन तस्करी प्रकरण, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी जस्ता घटनामा सरकारको आलोचना र प्रसंशा दुबै भएकाले कुनै घटनामा स्वयं आफू सामेल भएपनि नछोड्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले ललिता निवास जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल जोडिएको विषय मिथ्था भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले नेपालमाथि छानविन नभएको भन्दै ठुलो आलोचना भएपनि अहिले उहाा निर्दोश सावित भएको बताउनुभयो । 


प्रतिक्रिया