एमाले नेता कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा सपथ

भाद्र २२, २०८०

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ । प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेसंगै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने राप्रपाका प्रमुख सचेतक अमरबहादुर बिष्टले बताउनु भएको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले पांच सदस्यीय मन्त्रिपरिषद् गठन गरेर सपथ ग्रहण गर्नु भएको हो । उहांले तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पांचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नु भएको छ । मेन्याङ्बोलाई खानेपानी, सिंचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पांचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भुमि ब्यवस्था तथा कृषी मन्त्रालय, कार्कीलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र सृजना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसंगै राख्नु भएको छ ।

तीनै जना मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङ्ले र राज्यमन्त्री राईलाई नवनियुक्त मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

सर्वोच्च अदालतले हिजो दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सो धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ । 


प्रतिक्रिया