कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

आश्विन ८, २०८० | मोरङ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । सर्वोच्च अदालतको परामादेशबाट नियुक्त मुख्यमन्त्री कार्कीले आज प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिचाइ तथा ऊर्जामन्त्रीमा बनाउनुभएको हो ।

यस्तै प्रदेश सांसद रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनाउनुभएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । 


प्रतिक्रिया