सुन तस्करी प्रकरणमा छानवीन आयोग गठन गर्ने सहमति

आश्विन १४, २०८०
सुन तस्करी प्रकरणको छानबिन समिति बनाउने विषयमा सरकार र प्रतिपक्ष दलबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जांचबुझ आयोग गठन गर्ने सहमति बनेको एमाले सचेतक महेश बर्तौलाले बताउनुभयो ।
उच्च स्तर छानवीन समिति निर्माण नगरे आजको संसद समेत अवरोध गर्ने विपक्षी दलको चेतावनीपछि सरकारले तीन सदस्यीय कार्यदल आयोग बनाएको हो ।
उच्च अदालतका पूर्व न्यायाधीसको नेतृत्वमा तनि सदस्यीय कार्यदल बन्ने र आयोगले आजैबाट काम शुरु गर्ने पनि उहांले जानकारी दिनुभयो । संसद अवरोध गर्ने विपक्षी दलको चेतावनी पश्चात सरकारले राष्ट्र मान्यता प्राप्त दलहरुलाई छलफलमा बोलाएको थियो ।