कोशीमा टर्‍यो मध्यावधिको संकट, मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कार्तिक १, २०८०

कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ र विपक्षमा ६ मत परेको उपसभामुख सिर्जना दनुवारले घोषणा गर्नुभयो । 

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९१ प्रदेश सांसदमध्ये एमालेका ३९, सत्ता गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना प्रदेश सांसदले विश्वासको मत प्रदान गरेका हुन् । राप्रपाका ५ जना प्रदेश सांसदले भने विपक्षमा मतदान गरेका छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधार (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत प्राप्त गरेसागै मध्यावधि निर्वाचनको जोखिम टरेको छ । मुख्यमन्त्री कार्की दोस्रो प्रदेश सरकारको पााचौ मुख्यमन्त्री हुनु भएको छ । 


प्रतिक्रिया