भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

कार्तिक १८, २०८० | रुकुम पश्चिम

जारकोटलाई केन्द्र बनाएर हिजो मध्यराती गएको भुकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ । करिब १ सय ४० जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरुमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउाापालिकाका ७ रछेडागाडनगरपालिकाका १ जना रहेको रोकाले बताउनुभयो ।

साथै भुकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताईएको छ । घाईतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत पठाईएको छ भने बांकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानिय स्वस्थ्य संस्थामा भैरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भुकम्पले ठुलो क्षती गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जानको मृत्यु भएको पुष्टी गर्नुभयो । जाजरकोट संग जोडिएका आठविसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउापालिकामा ८ जनाको ज्यान गएको भट्टराईको भनाई छ ।

रुकुम पश्चिममा भुकम्पमा परी ८५ जना घाईते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भिर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भैरहेको छ । बााकी अन्य घाईतेहरुको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै बिभिन्न स्वास्थ्य संस्थामा भैरहेको बताईएको छ ।

तिनवटै सुरक्षा निकायको सक्रियतामा घाईतेहरुको उद्धार लगाएतका काम भैरहेको दुबै जिल्लाका सुरक्षा प्रमुखहरुले बताएका छन् । भुकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जादाा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जादाा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाई भएको बताउदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाईतेहरुको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भैरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया