जाजरकोटको भुकम्पमा परि एक सय २५ बढीको मृत्यु (अपडेट)

कार्तिक १८, २०८०

जाजरकोटको रामीडांडा केन्द्रविन्दु बनाएर गएराति ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प जांदा ठूलो मानवीय र भौतिक क्षति भएको छ । भुकम्पमा परि जाजरकोट लगायत आसपासका जिल्लामा गरि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ भने १ सय ४१ जना घाइते भएका छन् । भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ५५ बढि घाइते भएका छन् ।

 कर्णाली प्रदेश प्रहरीका अनुसार जाजरकोट बारेकोट गांउंपालिका –१, रामीडांडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित ६, कुशे गउंपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना छन् । घाईतेहरुमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाईएको छ भने बांकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

साथै, रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् । जाजरकोटसंग जोडिएका आठविसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउंपालिकामा ८ जनाको ज्यान गएको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भिर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भैरहेको छ । बांकी अन्य घाईतेहरुको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै बिभिन्न स्वास्थ्य संस्थामा भैरहेको बताईएको छ ।

प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुबाट प्राप्त विवरणका आधारमा सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ । भूकम्पबाट पश्चिम नेपालमा सयौं घरसमेत भत्किएका छन् । तिनवटै सुरक्षा निकायको सक्रियतामा घाईतेहरुको उद्धार लगायतका काम भैरहेको दुबै जिल्लाका सुरक्षा प्रमुखहरुले बताएका छन् । यद्धपी भुकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जादां सडक अवरुद्ध भएको छ । जसका कारण प्रभावित जिल्लामा उद्धारमा खटिन समस्या भएको छ । 


प्रतिक्रिया