सरकार सुशासनको पक्षमा लागेको देखेर भ्रष्टहरु आत्तिएः प्रधानमन्त्री दाहाल

मंसिर ३, २०८० | रुकुम पूर्व

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासनको पक्षमा लागेको देखेर भ्रष्टाचारीहरु आत्तिएको बताउनुभएको छ । रुकुम पूर्वमा आयोजित कार्यक्रममा बोल्दै दाहालले पछिल्लो समय सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानपछि भ्रष्टाचारीहरु छटपटिएको दाबी गर्नुभयो ।

समाजवादको आधार तयार गर्न सरकार र गठबन्धन दलहरु लागिरहेको भन्दै प्रधानमन्त्री दाहालले नागरिकता विधेयक र मिटरव्याजीका विरुद्धमा कानुन नै ल्याएर जनतालाई न्याय दिलाएको बताउनुभयो ।

रुकुम पूर्वको विकासका लागी आफूले बिशेष ध्यान दिने प्रतिवद्धता समेत प्रधानमन्त्री दाहालले जनाउनुभयो । 


प्रतिक्रिया