गौशाला २६ को फोटो सार्वजनिक गरेको भन्दै साइबर ब्यूूरोमा उजुरी

पुस २६, २०८० | काठमाडौं

बलात्कार आरोपमा क्रिकेटर सन्दिप लामिछाने दोषी ठहर भएपछि पीडित किशोरीको तस्बीर सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

 पीडितको तस्बीर सार्वजनिक गरिएकोप्रति आपत्ति जनाउँदै गौशाला २६ को तर्फबाट ब्यूरोमा उजुरी दर्ता भएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिनुभयो ।

 क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना भएपछि लामिछानेका समर्थकले अदालतको फैसलाप्रति असन्तुष्टि जनाइरहेका बेला पीडितको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

सोे विषयमा ब्यूरोको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रायले बताउनुुभयो । 

यसैबीच सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जापानमा बस्दै आएका आफ्ना कार्यकर्ता दिवस सापकोटालाई प्रवास कमिटिको पदीय जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट

 सापकोटाले गौशला–२६ को तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालती फैसलाप्रति असन्तुष्टि जनाएका थिए । 


प्रतिक्रिया