लामिछानेको बयानका सकियो

पुस १२, २०८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा आज बयान सकिएको छ । न्यायाधीश नीतिज राईको इजलाशमा हिजो र आज लामिछानेको बयान भएको हो ।

बयानका क्रममा उहाँले सहकारीको रकम पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएकोबारे आफूलाई थाहा नभएको दोहो¥याउनुभयो । गत आइतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा सोमबारदेखि बयान चलिरहेको छ । यसअघि पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।

बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गरिएको थियो । सूर्यदर्शन ठगी प्रकरणमा जीबी राई, छविलाल जोशी । रवि लामिछानेसहित ६३ जना विरूद्ध १ अर्ब ५१ करोड रूपैयाँ बिगो माग गर्दै कास्की अदालतमा मुद्दा दायर भएको छ । आइतबार रामबहादुर खनाल लगायतको बयान सुरू हुने छ ।


प्रतिक्रिया