कोशी प्रदेश सरकारद्धारा वार्ता समिति गठन

माघ ६, २०८० | विराटनगर

कोशी प्रदेशको पुन नामकरण गर्नुपर्ने भन्दै आन्दोलनका कार्यक्रम गर्दै आएका पहिचान पक्षधरसँग छलफल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरिएको छ । 

प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू संयोजक रहने गरि तीन सदस्यीय सो समिति गठन गरेको हो । 

मन्त्री जबेगूको सचिवालयका अनुसार समितिमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल सदस्य सचिव र वन तथा बतावरण मन्त्री गणेश उप्रेती सदस्य छन् । 

पहिचान पक्षधर समूहले प्रदेशको नामाकरणको बिषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्दै आएका छन् । 

तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले बनाएको टोलीलेदुई चरणमा वार्ता गरेपनि सहमति नभएपछि पहिचान पक्षधर समूहले विभिन्न जिल्लामा आन्दोलन गर्दै आएका हुन् । 


प्रतिक्रिया