सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् बिस्तार

फाल्गुन २६, २०८० | धनगढी

माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गएराति मन्त्रिपरिषद् बिस्तार गर्नु भएको छ । 

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डगौरा थारुलाई मन्त्री तथा इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गर्नु भएको हो । 

नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त गरिएका मन्त्री, राज्य मन्त्रीलाई गएराति नै प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउनु भएको थियो । चौधरीलाई आर्थिक मामिला मन्त्रालय र गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । 

खुशीराम डगौरा थारुलाई भने मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । नागरिक उन्मुक्तिले यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई फिर्ता बोलाएको छ । 

कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री रहेका शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि साथमा लिएर बहुमत पुु¥याउने विश्वासका साथ नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री नियुक्त गर्नु भएको हो । तर, उनीहरुले सरकारमा सामेल हुने÷नहुने बारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 

प्रदेश सभामा राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् । प्रदेश सभामा कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपा एक र स्वतन्त्र सांसद एक जना छन् । 

सरकारलाई बहुमत पुर्‍याउन २७ मत आवश्यक पर्छ । अर्कोतिर माओवादी–एमालेको नया“ गठबन्धनको सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक हो । माओवादीका सभामुख बाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । 


प्रतिक्रिया