१० करोड रकम हिनामिना आरोपमा छिपछिपे उपभोक्ता सहकारीका पूर्व अध्यक्ष पक्राउ

चैत्र २४, २०८० | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पूर्वअध्यक्ष योगेन्द्र पाण्डेलाई संस्थाको १० करोड बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक नरहरी रेग्मीले पाण्डे प्रहरी हिरासतमा रहेको जानकारी दिनुभएको हो । पाण्डेले ३२ लाख कर्जा लिएर चुक्ता नगरी नक्कली कागजातका आधारमा मालपोत कार्यालयवाट आफनो धितो फुकुवा गरेको समेत पाइएको प्रहरीको भनाई छ ।

सञ्चालक समिति र व्यवस्थापकको मिलोमतोमा उपभोक्ताको १० करोड रुपैया बढि रकम हिनामिना गरेको आरोप पाण्डेमाथि लागेको छ । छिपछिपे उपभोक्ता सहकारी संस्थामा १० करोड बढि रकम हिनामिना भएको समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेको थियो ।  


प्रतिक्रिया