सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, तीन जनाको मृत्यु

वैशाख ७, २०८१ | काठमाडौं

सिन्धुुपाल्चोकको त्रिपुुरासुुन्दरी गाँउपालिका पिस्करस्थित धारावातीमा बस दुर्घटना हुुदाँ तीन जनाको मृत्युु भएको छ । 

दोलखा क्षमावतीबाट पिस्करका लागि छुटेको बा ४ ख ५६१६ नम्बरको को जन्ती बोकेको बस अनियन्त्रित भई सडक बाट झण्डै एक सय मिटर तल खसेको हो ।

दुर्घटनामा परि भीमेश्वर नगरपालिका १ का मानबहादु थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घाईतेहरुको बाह्रविशे प्राथामिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेको बसमा ५२ जना जन्ती चढेको बताइएको छ । 


प्रतिक्रिया