रास्वपा सरकारबाट तत्काल नबाहिरिने

रेडियो कान्तिपुर संवाददाता

असार २०, २०८१ | काठमाडौं


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेपछि रास्वपा समर्थन फिर्ता लिने निर्णयबाट पछि हटेको हो । सरकारमा सहभागी चार मन्त्रीले आज बिहान राजीनामा बुझाउने तयारी गरेका थिए । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने र सहयोग गर्न रास्वपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो । त्यसपछि तत्काल सरकारबाट नबाहिरिने निर्णयमा पुगेकोे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता सहकार्य गर्ने सहमतिपछि एमालेले भने सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भइसकेपछि रास्वपा पनि सरकारबाट बाहिरिने निर्णयमा पुगेको थियो । 


प्रतिक्रिया