राष्ट्रपतिको दौडबाट पछि नहट्ने बाइडेनको भनाई

असार २२, २०८१ | काठमाडौं

अमेरिकामा आगामी राष्ट्रपतिय निर्वाचनको प्रतिस्पर्धाबाट वर्तमान राष्ट्रपति जो बाइडेन बाहिरिन्छन् वा बाहिरिंदैनन् भन्ने चासोका बीच आफु चुनावी दौडमै रहने बाइडेनको भनाई सार्वजनिक भएको छ । 

आगामी नोभेम्बरमा हुने चुनावका लागि अघिल्लो बिहीबार भएको पहिलो चुनावी बहसमा उहांको प्रस्तुतीलाई लिएर डेमोक्र्याट सांसदबीच चिन्ता बढेको थियो । सो बहसपछि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसंग दमदार रुपमा प्रस्तुत हुन नसकेको आरोप राष्ट्रपति बाइडेनलाई लाग्दै आएको छ । 

म्याडिसनमा आयोजित चुनावी ¥यालीमा सम्बोधन गर्दै ८१ वर्षिय राष्ट्रपति बाइडेनले आफुले निर्वाचन जित्ने बताउनुभएको छ । म्याडिसनको ¥यालीमा बाइडेनले १७ मिनेट लामो भाषण गर्नुभएको बीबीसीले जनाएको छ ।  


प्रतिक्रिया