सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

श्रावण ७, २०८१ | सर्लाही

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । सलार्हीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित घरमा हत्या गरिएको अवस्थामा ८० वर्षीय रायको शव फेला परेको प्रहरीले जनाएको छ । 

रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पूर्व राज्यमन्त्री रायको घरमा काम कार्यरत रामउजैन रायका अनुसार तीन जना ब्यक्ति रायलाई भेट्न राति आएकोमा उनीहरुसँगै सुतेका थिए । हत्या पश्चात उनीहरु फरार रहेको उनले बताए । 

घर नजिकैको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उहाँको हत्या भएको जिल्ला प्रहरी कार्यालयले प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाए लगतै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलमै पुगेका प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । 

‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्या भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, हामी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं ।’ मृतक राय तीन दाजुमध्ये माइलो थिए । उहाँका एक श्रीमती, २ छोरा तथा ५ छोरी छन् ।


प्रतिक्रिया