आँबुखैरेनीे बस दुर्घटनाः मृत्यु हुनेको संख्या २७ पुग्यो

भाद्र ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार बस आज बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय हुन् ।