कर्णाली राजमार्गको दैलेख–कालिकोट खण्ड क्षतिग्रस्त

भाद्र १४, २०८१ | कालिकोट

अविरल वर्षाले कर्णाली राजमार्गको दैलेख–कालीकोट खण्ड क्षतिग्रस्त भएको छ ।


पहिरोले दैलेखको खिड्कीज्युलादेखि कालीकोटको हुल्मसम्म २२ किलोमिटर सडक भत्काएको हो । कालीकोटको हुल्म, कालेखोला, एस मोड, गगनेखोला, दैखोला, सिराडी, किटु, मालाचौरलगायतका ठाउँमा पर्ने सडक पूर्णरुपमा अवरुद्व भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।

 उहाँका अनुसार कालीकोटको गगनेखोलामा पूरै सडक भत्किएको छ भने कालीकोट र दैलेखको सिमाना दैखोलामा पक्की पुलसहित क्षति भएको छ । गगनेखोलामा २ करोड रुपैयाँ लागतमा लगाइएको पर्खालसहित भत्किएर सडक पूरै अवरुद्ध छ । 

सडक एकतर्फी सञ्चालन गर्न कालीकोट खण्डमा मात्र कम्तिमा तीन दिन लाग्ने स्थलगत अनुगमनमा गएका कालीकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताउनुभयो ।


प्रतिक्रिया