ओली र मोदीबीच साइडलाइन भेटवार्ता तय

रेडियो कान्तिपुर संवाददाता

फाइल फोटो  

आश्विन ५, २०८१ | काठमाडौं

राष्ट्रसंघीय महासभाका क्रममा अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुने तय भएको छ । न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग साईडलाईन भेटवार्ताका लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन । नेपालका प्रधानमन्त्री ओली न्युयोर्क पुुगेपछि भारतीय पक्षले द्विपक्षीय भेटवार्ताका लागि मोदी तयार गरेको सन्देश दिएको परराष्ट्रका अधिकारीलाई उद्दृत गर्दै कान्तिपुर सहकर्मी जगदिश्वर पाण्डेले जनाएका छन् ।

परराष्ट्र स्रोतका अनुसार स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइन भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, र अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल लगायतले स्वागत गर्नुभएको थियो ।


प्रतिक्रिया