ला लिगामा एलाभेससँग सेभिल्ला पराजित

आश्विन ५, २०८१ | काठमाडौं

स्पेनीस ला लिगा फुटबलमा एलाभेससँग सेभिल्ला एफसी पराजित भएको छ । मेन्डिजोरोत्जा स्टेडियममा गएराति भएको खेलमा एलाभेसले सेभिल्लालाई २–१ गोल अन्तरले हराएको हो । 

एलाभेसको जितमा कार्लोस भिसेन्टले र कार्लोस मार्टिनले समान एक÷एक गोल गरेका थिए । खेलको १७ औं मिनेटमा भिसेन्टको गोलबाट एलाभेसले अग्रता लिएको थियो । मार्टिनले खेलको ६० औं मिनेटमा अर्को गोल गर्दै एलाभेसको अग्रता दोब्बर पारे ।

बेल्जियमका स्टार डोडी लुकेबाकियोले खेलको ८३ औं मिनेटमा सेभिल्लाका लागि एक गोल फर्काए । तर, यो गोल जितका लागि पर्याप्त भएन । 

यो नतिजासँगै एलाभेस १० अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एलाभेसले ६ खेल मध्ये तीनमा जित, एक बराबरी र दुईमा हार बेहोरेको थियो । सेभिल्ला ६ खेलबाट पाँच अंक जोडेर तालिकाको १४ औं स्थानमा रह्यो । 


प्रतिक्रिया