एकतर्फी सञ्चालनमा आएको दाउन्ने सडक फेरि अवरुद्ध

आश्विन १९, २०८१ | नवलपरासी

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्ने सडकखण्ड फेरि अवरुद्ध भएको छ । शुक्रबार साँझ सडक भासिएर मर्मत गरी मध्यरातिबाट एकतर्फी सञ्चालनमा आएको दाउन्ने सडक आज बिहान फेरि अवरुद्ध भएको हो । 

बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराले बताउनुभयो । 

उहाँका अनुसार शुक्रबार साँझ सडक भासिएपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सञ्चालन भएपनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको हो । 

अस्थायी रुपमा मर्मत गरेर केहीबेर सवारी सञ्चालन गरे पनि फेरि सडक भासिएपछि सवारी आवागन बन्द गरी मर्मतको काम थालिएको डीएसपी बोहराले जानकारी दिनुभयो । 

राजमार्ग अवरुद्द हुँदा पूर्व–पश्चिमबाट आउने जाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्किने र भासिने गरेको छ । 


प्रतिक्रिया