सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो

आश्विन २७, २०८१ | काभ्रे

सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्गको ५० किलो भन्ने स्थानमा सडक एकतर्फी सञ्चालनमा आएको छ । 

काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सुख्खा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको सडक आज बिहानबाट एकतर्फी खुलेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विकास तामाङका अनुसार शनिबार राति करीब ९ बजेतिर खसेको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । 

सुख्खा पहिरोका कारण रातिदेखि अवरुद्ध भएको राजमार्गमा खुलाउन लागि डोजर प्रयोग भएको र अहिले एकतर्फी खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लाम लागेको छ ।


प्रतिक्रिया