कालिकोटको तिलागुफामा भएको आगलागिबाट २६ परिवार प्रभावित

कार्तिक १, २०८१ | कालिकोट

कालिकोटको तिलागुफा नगरपालिका–६ जुविथामा भएको आगलागिबाट २६ घर परिवार प्रभावित भएका छन् ।

आगलागीमा दुई तले ३ वटा घर पूर्णरुपमा जलेका छन् भने १ घरमा आशिंक क्षति भएको छ । विद्युत सट हुँदा भएको आगलागीबाट १९ घर परिवारपूर्ण रुपमा प्रभावित भएका छन् । अन्य ७ घर परिवार भने आंशिक रुपमा प्रभावित भएको तिलागुफा नगरपालिकाले जनाएको छ ।

आगलागी भएको क्षेत्रमा एउटै घरमा धेरै परिवार बस्ने भएकाले धेरै प्रभावित भएका हुन् । तिलागुफा नगर पालिका प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार आगलागीबाट क्षतिग्रस्त भएका घरहरुमा ९ वटासम्म परिवार  बस्दै आएका थिए । हिजो आगो निभाउन समय लागेपछि क्षतिको विवरण आज मात्र संकलन गरिएको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई विभिन्न संस्थाको अगुवाइमा राहत वितरण सुरु गरिएकोे कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावलले बताउनुभयो । यसैबीच जिल्ला प्रशासन कार्याललले भने आगलागी पीडित २६ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।    


प्रतिक्रिया